१४. अनौपचारिक शिक्षा केन्द्रले विभिन्न सरकारी, गैरसरकारी संस्था एवम् अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय गरी आपसी सहयोगको वातावरण सिर्जना गर्नेछ ।
यस नीतिअन्तर्गत निम्निलिखित कार्यनीतिहरू हुनेछन्
♦ अनौपचारिक शिक्षासम्बन्धी नीति एवम् रणनीतिहरूको अद्यावधिक, परिमार्जन एवम् संशोधन गर्नेछ ।
♦ समन्वय र सहयोगको वातावरण सिर्जना गर्न विकेन्द्रीकरणको अवधारणा अपनाउनेछ ।
♦ अनौपचारिक शिक्षा परिषद् र अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालनकर्ताबीच पुलको काम गर्नेछ ।
♦ अनौपचारिक शिक्षा क्षेत्रमा समता, समानता र सामाजिक न्याय कायम गर्न अनौपचारिक शिक्षा परिषद्लाई मद्दत गर्नेछ ।
♦ अनौपचारिक शिक्षाको क्षेत्रमा अनुसन्धान र प्रबद्र्धनका कार्यहरू गर्नेछ ।
♦ अनौपचारिक शिक्षाका लक्षित समुहका लागि बनेका योजना, कार्यक्रम र कार्य प्रगतिको विवरण सम्बन्धित संस्था, आयोग र प्रतिष्ठानहरूसँग आदान प्रदान गर्नेछ ।
♦ अनौपचारिक शिक्षालाई समयसापेक्ष ऊर्जा दिन यसका विज्ञ, अनुसन्धानकर्ता, अध्ययनकर्ता र अभ्यासकर्ताहरूको समसामयिक गोष्ठी÷कार्यशाला÷अन्तरक्रिया गरी नयाँ विचारहरू सिर्जना एवम् वितरण गर्ने प्रबन्ध मिलाउनेछ ।
♦ विभिन्न सूचक ९क्ष्लमष्अबतयच० र सूचाङ्क ९क्ष्लमभह० समेटिएकाअनुगमन एवम् मूल्याङ्कन खाका तयार तथा प्रयोग गर्ने गराउनेछ ।
♦ अनौपचारिक शिक्षामा काम गर्ने व्यक्ति संस्थाहरूलाई पुरस्कृत गर्नेछ ।
♦ अनौपचारिक शिक्षा केन्द्रले कामदारहरूका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्न उद्योग तथा वाणिज्यसँग सम्बन्धित संघ संस्थाहरूको पहलमा रोजगारदाताहरूसँग छलफल तथा सहकार्य गर्नेछ र आवश्यकताअनुसार आचारसंहिता पनि बनाउनेछ ।
रणनीति
माथिका नीति एवम् उपनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन्
♦ विभिन्न मन्त्रालय तथा अन्य संघ संस्थाहरूसँग पाठ्यसामग्रीहरूको आदान प्रदान गर्ने ।
♦ अनौपचारिक शिक्षाका कार्यक्रमहरूको प्रभावकारी अनुगमन गर्ने ।
♦ अनौपचारिक शिक्षासँग सम्बन्धित मानवीय स्रोतहरूको विकास गर्ने ।
♦ अनौपचारिक शिक्षासँग सम्बन्धित तथ्यांकहरू अद्यावधिक गर्न सहयोग पु¥याउने ।
♦ अनौपचारिक शिक्षाको क्षेत्रमा उदाहरणीय काम गर्ने संस्थालाई पुरस्कृत गर्ने र सोको अनुकरण गर्ने व्यवस्था मिलाउने ।